सोमबारदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो खोप दिइने


१ श्रावण २०७९, आईतवार
khop

काठमाडौँ । पाँच वर्षदेखि १२ बर्षमुनिका २७ जिल्लाका बालबालिकालाई भोलि (सोमबार) देखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँचदेखि ११ वर्षका बालबालिकालाई दोस्रो मात्रा खोप दिइने भएको हो ।

सोमबारदेखि साउन ८ गतेसम्म नजिकैको विद्यालयमा रहेको खोप केन्द्रबाट खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लैजानुपर्ने छ ।

सोमबारदेखि प्रदेश-१ का झापा, इलाम, मोरङ र सुनसरी, मधेश प्रदेशका सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर जिल्लामा दोस्रो मात्रा खोप दिइने छ ।

यस्तै गण्डकी प्रदेशका कास्की र नवलपुर, लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया, कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशका कैलाली कञ्चनपुर र डडेल्धुरामा खोप अभियान चलाइने मन्त्रालयले जनाएको छ ।

बाँकी ५० जिल्लाका बालबालिकालाई भने भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ ।

second dose Xqd6creSaB

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७