आजदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाको दोस्रो खोप


२ श्रावण २०७९, सोमबार
35 Shares
khop 1

काठमाडौँ । कोरोनाको पहिलो मात्रा खोप लगाएका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आज (सोमबार) देखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई आजदेखि आउँदो आइतवारसम्म दोस्रो मात्रा खोप दिन लागिएको हो । दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड बोकेर जान मन्त्रालयले आग्रह गरेको छ । बालबालिकालाई पहिलो मात्रा जस्तै दोस्रो मात्रा खोप पनि विद्यालयमै लगाइने मन्त्रालयले जनाएको छ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सरकारले पहिलो चरणमा प्रदेश-१ को झापा, इलाम, मोरङ र सुनसरी, मधेस प्रदेशको सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी, वाग्मती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर, गण्डकी प्रदेशको कास्की, नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोप लगाउन शुरु गरेको हो ।

second dose Xqd6creSaB 1

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७