इरानमा ताल सुक्दै गएपछि विरोध प्रदर्शन, थुप्रै प्रदर्शनकारी पक्राउ


२ श्रावण २०७९, सोमबार
Iran Protes

तेहरान । इरानका प्रहरीले सुक्दै गइरहेको नुनिलो तालसामु प्रदर्शन गरिरहेका थुप्रै व्यक्तिलाई पक्राउ गरेको छ ।
कुनै समय विश्वकै दोश्रो सबैभन्दा विशाल नुनिलो तालको रूपमा यो ताल चिनिने गर्दथ्यो । तालको पानी सुकेकोमा उनीहरूले विरोध प्रदर्शन गरेका थिए ।

चरम खडेरी, कृषि र बाँध निर्माणको कारण सन् १९९५ देखि सुक्न थाल्नु अघिसम्म उर्मिया ताल इरानको प्रमुख आन्तरिक पर्यटन रिसोर्ट बनेको थियो । त्यहाँ पानी नभएकाले अचेल यसका वरपरका होटेल र डुंगाहरूमा कुनै चहलपहल छैन ।

इरानको विकट उत्तर पश्चिमी क्षेत्रमा यो ताल वरपरका स्थानीय बासिन्दाले ताल सुक्नुको पछाडि स्थानीय निकायलाई दोष दिएका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार क्षेत्रीय राजधानी उर्मियामा केही प्रदर्शनकारीले ‘उर्मिया ताल सुक्दैछ, संसदीय आदेशले मार्दैछ’ नारा लगाएका थिए । स्थानीय प्रहरी प्रमुख आयुक्तले प्रदर्शनकारीहरूले सार्वजनिक सुरक्षामा आँच पुर्‍याउन खोजेको आरोप लगाएका छन् । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७