आज यी नदीमा बाढीको सम्भावना, सर्तक रहन आग्रह


२ श्रावण २०७९, सोमबार
badhi
फाइल फोटो

काठमाडौँ । देशका केही नदीहरूमा आज (सोमबार) पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बेत्रावतीस्थित त्रिशूली, दिपायलस्थित पश्चिम सेती र पारिगाउँस्थित महाकाली नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही नदीहरूमा बहाव सामान्य बढ्ने महाशाखाले जनाएको छ ।

आज सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, कास्की, लमजुङ, रोल्पा, रुकुम पश्चिम, सुर्खेत, दैलेख, बाजुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्ने छ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ । बर्षासँगै बाढीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Flood Bulletin 18July 2022 7AM साउन ०२ 1658112802222 page 0001

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७