नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूची)


२ श्रावण २०७९, सोमबार
police head

काठमाडौ । नेपाल प्रहरीका ३४ प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरेको हो । नेपाल प्रहरीमा ४८ जना डीएसपी रिक्त भएपनि २०७० सालपछि इन्सपेक्टरमा भर्ना भएकालाई बढुवा नगरिएको हो ।
२०७० पहिलेकै ५० जना इन्सपेक्टर कार्यरत भएपनि योग्य नभएकाले १४ वटा दरबन्दी रिक्त नै राखिएको हो ।

यीमध्ये कारबाहीमा परेका, निलम्बनमा परेका, शैक्षिक योग्यता नपुगेका र दुवै तालिम नगरेकालाई बढुवा नगरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । २०७० सालमा इन्स्पेक्टरमा भर्ना भएका पनि डीएसपीमा बढुवा हुन लविङ गरिरहेका थिए । तर यो ब्याचबाट कोही पनि बढुवा नभएका हुन् ।
बढुवा सिफारिसको सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७