संसदवादी दलहरु देश हाँक्न असफल भए : विप्लव


२ श्रावण २०७९, सोमबार
biplaw comred

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान व्यवस्थाबाट जनताहरु सन्तुष्ट नभएको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा महासचिव विप्लवले सरकार जनताका मागप्रति संवेदनशिल नभएको बताए । संसद्वादी दलहरु देश हाँक्न असफल भएको उनको दावी छ ।

’देश टाँट पल्टिदै गएको छ । महंगी बढ्दो छ । संसदवादी पार्टी देशको नेतृत्व गर्न असफल बनेका छन् । मन्त्री फेरिएका छन् । मन्त्री बन्ने रोलक्रम शुरु भएको छ । मन्त्री बनेर देशको सम्पत्ति लुट्ने काम भएको छ’, उनले भने, ‘देशको ढुकुटी डुवाउने, देशको अर्थतन्त्र तहस नहस बनाउने काम भएको छ । जनताको आवाज सुनिदैन । फटाहहरुको रोलक्रम सुरु भएको छ ।’

नेपालको स्वाधिनता, सार्वभौमिकता सार्वधिक खतरामा रहेको उनको भनाइ छ । विप्लवले भने, ‘राष्ट्रिय स्वाधिनता खतरामा छ । एसपीपी र एमसीसी जस्ता राष्ट्रघाती सम्झौता भएका छन् । देशको स्वाधिनता बच्छ कि बच्दैन, बहस चिन्तनको विषय बनेको छ । जनताको घरमा चामल छैन । महंगीले थिचेको छ । दिनदहाडै बलात्कार बढेको छ । सत्तामा बसेका मान्छेहरु भने लुटिरहेका छन् । यो लुटेराहरुको व्यवस्था हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७