साँखुमा खोला किनारमा शव फेला, प्रहरी जाँदै


२ श्रावण २०७९, सोमबार
Nayapage Logo

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३, साँखुको खोला किनारमा एक शव फेला परेको छ । सडेर कंकाल भइसकेको अवस्थामा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

खोलाको नजिक शव भेटिएपछि प्रहरी वृत्त, बौद्धका डीएसपी ढुण्डिराज न्यौपाने र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि घटनास्थलतर्फ जाँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७