एआईजी पोखरेलले दिए राजीनामा


२ श्रावण २०७९, सोमबार
PRO KTM DIG BishwoRajPokharel20200425 B scaled

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय नक्साल पुगेका उनले सोमबारको हाजिर गरेर पदबाट राजीनामा दिएका हुन् ।

पोखरेलको राजीनामा स्वीकृत हुन बाँकी छ । पोखरेलले मानव स्रोत विभागमा पुगेर राजीनामा पत्र बुझाएको स्रोतले जनायो । पोखरेलले एआइजी पूजा सिंह मार्फत महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह समक्ष राजीनामा पत्र बुझाएर बाहिरिएका हुन् । पोखरेलको राजीनामा महानिरीक्षक सिंहले गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७