दुई वर्षभित्र भूमिसम्बन्धी सबै समस्या हल हुन्छ : मन्त्री श्रेष्ठ


२ श्रावण २०७९, सोमबार
sashi sharestha

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धित सम्पूणर् समस्या समाधान हुने दावी गरेकी छिन् । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कमैया मुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बौल्दै उनले यस्तो बताएकी हुन् ।

‘मुक्त कमैया, हरुवा-चरुवालगायत जग्गाहीनलाई जमिनको मालिक बनाउने कार्यमा हामी दत्तचित्त भएर लागेका छौँ । यसलाई उच्च प्राथमिकताका साथ अभियानको रूपमा कार्यक्रम सञ्चालन गरी आठ महिनाको समयावधिमा करिब ४९ हजार घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकेका छौँ,’ उनले भनिन्, ‘आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धित सम्पूणर् समस्या समाधान गर्ने लक्ष्य सरकारको छ ।’

मन्त्री श्रेष्ठले भूमिहीनलाई उच्च प्राथमिकताका साथ अभियानको रूपमा कार्यक्रम सञ्चालन गरी आठ महिनाको समयावधिमा करिब ४९ हजार घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकेको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७