स्वास्थ्य मन्त्रालयले भन्यो-निजी अस्पतालमा स्वास्थ्य बिमा बन्द गर्नेबारे कुनै निर्णय भएको छैन


२ श्रावण २०७९, सोमबार
0 Shares
health

काठमाडौँ । आर्थिक वर्ष २०७९/०८० शुरु भएसँगै निजी अस्पताल र मेडिकल कलेजमा बिमा कार्यक्रम बन्द हुने कि नहुने भन्ने बहस शुरु भएको छ ।

यो आर्थिक बर्षको बजेट वक्तव्यमा स्वास्थ्य बिमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालहरूबाट सञ्चालन गर्ने उल्लेख छ । बजेट वक्तव्यकै आधारमा हालसम्म चार वटा निजी अस्पतालले यही आर्थिक वर्षदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने पत्र स्वास्थ्य बिमा बोर्डमा पठाएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

स्वास्थ्य बिमा बोर्डका निर्देशक डा. दामोदर बसौला बजेट वक्तव्यमा सरकारी र सामुदायिक अस्पतालबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिने उल्लेख भएकाले बोर्डले पनि सोही बुझाइ राखेको बताउँछन् ।

‘बोर्डले बजेटमा आएका कुराहरू र अहिले बिमा कार्यक्रमको अवस्थाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई राय माग गरेका छौँ । निजी अस्पताल र मेडिकल कलेजमा अब के हुने भन्ने अहिले नै भन्नसक्ने अवस्था छैन’, उनले भने । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेल भने बिमा कार्यक्रमबारे मन्त्रालयले अहिले केही निर्णय नगरेको बताउँछन् ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७