विष्णुमती र धोबीखोलामा बाढीको सम्भावना, होशियारी अपनाउन आग्रह


२ श्रावण २०७९, सोमबार
badhi
फाइल फोटो

काठमाडौँ । काठमाडौं उपत्यकाको विष्णुमती र धोबीखोलामा बाढी आउन सक्ने भन्दै किरानामा बसोबास गर्नेहरूलाई होशियारी अपाउन आग्रह गरिएको छ ।

नेपाल फ्लड एलर्टले दिउँसो ३ बजे सूचना जारी गर्दै पछिल्लो एक घण्टामा विष्णुमती र धोबीखोला जलाधार क्षेत्रमा अत्याधिक पानी परेकाले सतर्कताका लागि आग्रह गरेको हो ।

‘पछिल्लो १ घण्टा काठमाडौंको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन भएको छ । विष्णुमती गोंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह साढे १ मिटर बढेको छ,’ सूचनामा भनिएको छ, ‘विष्णुमती र धोबीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्छ । आज साँझसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७