संसदको चालु अधिवेशनबाट १५ विधेयक पारित


२ श्रावण २०७९, सोमबार
agni sapkota

काठमाडौँ । संसदको चालु अधिवेशनमा १५ विधेयक पारित भएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समाचार संकलन गर्दै आएका पत्रकारसँग आज भएको अन्तरक्रियामा सो जानकारी दिएका हुन् ।

सभामुख सापकोटाले विघटन र अवरुद्धबीच चलेको संसद्ले जनतालाई आशा जगाउने काम गरेको बताए । ‘चालु अधिवेशनबाट १५ विधेयक पारित भएको छ, पाँच समितिका साथै विभिन्न संवैधानिक आयोगका प्रतिवेदन संसद्मा पेश भएका छन्’, उनले भने, ‘विघटन र अवरुद्धका बीच चलेको संसद्ले जनतालाई आशा जगाउने काम गरेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७