वडाध्यक्षलाई पोखरीमा धकेल्ने डीएसपीलाई कारबाही हुनुपर्छ : सांसद भट्टराई


२ श्रावण २०७९, सोमबार
Khimlal Bhattrai

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले रूपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभामा प्रहरी ज्यादती भएको भन्दै प्रहरी अधिकारीलाई कारबाही गर्न माग गरेका छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा भट्टराईले उक्त घटनामा डीएसपीले वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पोखरीमा धकेलेको देखिएको भन्दै प्रहरी अधिकारीलाई कारबाही गर्न माग गरेका हुन् ।

उनले तिलोत्तमा घटनाको अनुसन्धान हुनुपर्ने र सत्यतथ्य जानकारी सदनलाई गराउनुपर्ने बताए । संघीयतालाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउने गरी सरकारले गतिविधि गरिरहेको उनको आरोप छ । त्यस्तै उनले नागरिकताको विषय धेरै गम्भीर विषय भएको भन्दै यसलाई द्रुत गतिबाट छिटो टुंगो लगाउनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७