सत्ता गठबन्धन दलसँग चुनावी तालमेल र भ्रातृ संस्थालाई पूर्णता दिने कांग्रेसको निर्णय


२ श्रावण २०७९, सोमबार
congress scaled

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको एक सातादेखि जारी केन्द्रीय समिति बैठक सकिएको छ । बैठकले विभिन्न निर्णयहरू गरेको छ । बैठकले भ्रातृ संस्थालाई साउनभित्र पूर्णता दिने गरेको निर्णय गरेको छ । साथै विभिन्न नयाँ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिएको छ ।

बैठकले आगामी संघीय चुनावमा गठबन्धन गर्ने निर्णय पनि गरेको छ । सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालेमेलका लागि छलफल गर्ने निर्णय  बैठकले गरेको छ । सरकारले संविधानलाई ट्रयाकमा ल्याएको कांग्रेस निषकर्ष छ । बैठकले कोभिड खोप व्यवस्थापन, एमसीसी अनुमोदन र स्थानीय तहको निर्वाचन लगायतका महत्वपूर्ण काममा सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ ।

तर, पूर्ववर्ती सरकारले संविधानको मर्मविपरीत संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत विविध विषयमा ल्याएका प्रस्ताव र निणर्यहरूकाविरुद्ध उभिएको स्मरण गर्दै यस्ता महत्वपूर्ण कानुन बनाउँदा र निर्णय गर्दा संविधानको मर्म र भावनाको अनुरुप हुनेगरी सरकारले निर्णय लिनुपर्ने कांग्रेसको सुझाव छ ।
बैठकका निर्णयहरू

1 16
2 15
3 4
4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७