थप दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस


२ श्रावण २०७९, सोमबार
naya sewa aayoga

काठमाडौँ । न्यायपरिषद् बैठकले थप दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले न्यायाधीशहरु राकेशकुमार निधि र अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको हो ।

निधि उच्च अदालत महेन्द्र नगरको न्यायाधीशमा कार्यरत छन् । शर्मा जिल्ला अदालत काठमाडौंमा कार्यरत थिए । न्यायपरिषदको सिफारिसलाई कामु प्रधानन्यायाधीशले सदर गरेपछि उनीहरु बर्खास्तीमा पर्नेछन् ।

यसअघि पनि समितिले तीन न्यायाधीशलाई बर्खास्तीको सिफारिस गरेको थियो भने एक जनालाई सचेत गराएको थियो । कार्यसम्पादनमा कैफियत तथा खराब आचरण देखिएका न्यायाधीशमाथि परिषद् आक्रामक देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७