सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्ह


२ श्रावण २०७९, सोमबार
hom gwayali wrYVYBb9hQ

काठमाडौँ । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका होम ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिन्ह् प्रदान गरेका छन् ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा सोमबार आयोजित एक समारोहका बीच दर्ज्यानी चिन्ह् प्रदान गरेका हुन् । ज्ञवाली मन्त्रीस्तरको असार २८ गतेको निणर्यले सशस्त्र प्रहरी बल नेपालको साधारण समूह, लेखा उप-समूहतर्फको सशस्त्र प्रहरी उपरीक्षक पदबाट सोही उप- समूहको वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका हुन् ।

त्यसअवसरमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुले उत्कृष्ट कार्यसम्पादनका साथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा आ-आफ्नो ठाउँबाट पुर्‍याएको योगदानले सांगठनिक विकासमा महत्वपूणर् भूमिका खेलेको उल्लेख गर्दै राष्ट्रसेवक सशस्त्र प्रहरीहरुले फौजी अनुशासनमा रहँदै दर्जा अनुरुप प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आर्थिक अनुशासनको पूणर् पालना गर्दै कार्यसम्पादनमा जुट्नु पर्नेमा जोड दिए ।

उनले सशस्त्र प्रहरी बल नेपालका कुनै पनि इकाइ तथा कर्मचारीहरूबाट आर्थिक पक्षमा समस्या तथा गुनासोहरू नआउने गरी पूणर् व्यवसायिक भई सेवा प्रवाहमा लाग्न अधिकृतहरूलाई सोही अवसरमा निर्देशन दिए ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७