चार प्रदेशमा भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह


३ श्रावण २०७९, मंगलवार
182 Shares
rain

काठमाडौँ । नेपालमा अहिले आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले जनाएका छन् । प्रदेश-१, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज (मंगलबार) दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

भारी वर्षाको सम्भावना रहेका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले होशियारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७