बुटवलमा पुनः जग्गाको लगत संकलन शुरु


३ श्रावण २०७९, मंगलवार
Sukumbasi basti Kanchanpur
फाइल फोटो

बुटवल । बुटवल उपमहानगरपालिकाले पुनः जग्गाको लगत सङ्कलन शुरु गरेको छ । बुटवल उपमहानगरपालिकाको वडा नं १२ सहितका केही वडामा लगत सङ्कलन थालिएको हो ।

लगत सङ्कलनको काम सकिएपछि कार्यपालिकाको बैठकले जग्गाको नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट अनुमति लिने नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए । ‘अहिले कुन जग्गा व्यक्तिको हो, कुन सार्वजनिक हो, कहाँ बस्ती बसेको छ, कहाँ छैन भन्ने लगत सङ्कलनको काम हुन्छ’, उनले भने ।

स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारबमोजिम सार्वजनिक, ऐलानी र पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने काम नगरले अघि बढाएको प्रमुख पाण्डेयले जानकारी दिए । जग्गाको लगत सङ्कलनका लागि नगरले स्थानीयवासीसँग छलफल पनि थालेको छ । सोमबार बुटवल-१२ का बासिन्दाबीच छलफल गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवल उपमहानगरपालिकाले दिएको लगत र तथ्याङ्कका आधारमा लालपुर्जा वितरणको प्रक्रिया अघि बढ्ने बताए । बुटवल उपमहानगरपालिकामा यसअघि नै गरिएको तथ्याङ्क सङ्कलनअनुसार करिब १७ हजार सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७