दैलेखमा पानीको ट्याङ्कीमा डुबेर एकै घरका दुई बालबालिकाको मृत्यु


३ श्रावण २०७९, मंगलवार
death UjT8FpjRua

दैलेख । दैलेखमा पानीको ट्याङ्कीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ । दुल्लु नगरपालिका-३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए ।

शाहले भने ‘दिउँसो चार बजे उनीहरु मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो । हामीले मातहतका कार्यालयमा बुझ्दा दुई बालबालिकाको मृत्यु भएको पुष्टी भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७