आकाशमै दुई विमान ठोक्किँदा चार जनाको मृत्यु


३ श्रावण २०७९, मंगलवार
Plane Crash

काठमाडौँ । अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टको आकाशमा नै दुई विमान ठोक्किएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार आइतबार मध्याह्न विमानहरु एकापसमा ठोक्किएका हुन् ।

यो क्रममा चार जनाको मृत्यु भएको छ । दुर्घटनाबारे अहिले पनि अनुसन्धान भइरहेको उत्तरी लस भेगास फायर डिपार्टमेन्टले जानकारी दिएको छ ।

विमानस्थलमा पाइपर पीए-४६ विमान अवतरण गर्ने तयारी गरिरहेको समयमा सेस्ना १७२ सँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अध्ययनले देखाएको छ । दुवै विमानमा २/२ जना सवार थिए । यद्यपि विमानमा सवार मानिसहरु को थिए भन्ने जानकारी दिइएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७