गठबन्धन बनाउने पक्षमा छैनौं : पोखरेल


३ श्रावण २०७९, मंगलवार
md moranG

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी गठबन्धन बनाउने पक्षमा नरहेको बताएका छन् ।

आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले एमाले तत्कालै चुनावी प्रयोजनका लागि कुनै किसिमको गठबन्धन बनाउने पक्षमा नरहेको बताए ।

‘हामी दलीय गठबन्धन गर्ने पक्षमा छैनौँ । निर्वाचनमा प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्ने हाम्रो उद्देश्य छ’, उनले भने, ‘हामी राष्ट्रियस्तरको गठबन्धन गर्दैनौं । तर, स्थानीय तहमा भने आवश्यकता हेरेर तालमेल हुनसक्छ ।’ एमाले विचारसहित संगठनको बलमा जनतामाझ जाने उनको भनाइ छ ।

अर्को प्रसङ्गमा उनले संविधान अपरिवर्तनीय र संशोधन नै गर्न नसकिने दस्तावेज नभएको बताए । पोखरेलले भने, ‘कुनै एक दल अथवा व्यक्तिले खारेजी भन्दैमा हुँदैन । केही परिवर्तन गर्नुपर्दा छलफल र सहमति चाहिन्छ ।’ उनले प्रदेश खारेजीका बारेमा उठेको विषय ‘बकवास’ भएको टिप्पणी गरे । संविधान राष्ट्रिय दस्तावेज भएकाले कसैले एक्लै चाहेर ‘खुसुक्क हटाउन मिल्छ र ?’ भन्दै प्रतिप्रश्न गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७