नीर शाहसहित एक दर्जन कलाकर्मीलाई सम्मान


३ श्रावण २०७९, मंगलवार
nir shah

काठमाडौँ । वरिष्ठ कलाकार नीर शाहसहित करिब दर्जन कलाकर्मीलाई एकसाथ सम्मान गरिएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले ‘मेरो भ्वाइस युनिभर्सल’ र ‘मेरो डान्स युनिभर्सल’ घोषणा गर्न सोमबार साँझ राजधानीमा आयोजना गरेको कार्यक्रममा सबै कलाकर्मीलाई एकसाथ सम्मान गरिएको हो ।

सो अवसरमा सम्मानित हुनेमा भुवन केसी, निर्मल शर्मा, दीपाश्री निरौला, प्रियंका कार्की, सुशिल नेपाल, लक्ष्मण पौडेल, कुमार कार्की, दुर्गा प्रसाद पाण्डे, ज्ञानेन्द्र राज देवकोटा र माधव खरेललगायत रहेका छन् ।

कार्यक्रममा कलाकार किरण केसीले ‘मैले रक्सी छोडी सके’ बोलको गीत गाएर दर्शक नचाएको कार्यक्रममा गायक पुष्पन प्रधान, शिव परियारले गीत गाएका थिए । उक्त अवसरमा नेपाली वीरहरूको वीरता झल्कने डान्स समेत प्रस्तुत गरिएको थियो । इन्ट्रा फाउन्डेशनले अहिले ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए’ आयोजना गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७