प्रचण्ड र बाबुरामबीच सिंहदरबारमा भेटवार्ता


३ श्रावण २०७९, मंगलवार
prachanda baburam 750

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता चलिरहेको छ । समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि सिंहदरबारमै छलफल गर्ने तयारी गरिएको छ ।

त्रिपक्षीय छलफल आजै अपराह्नका लागि तय गरिएको छ । डा. भट्टराईलाई भर्खर जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद अध्यक्षबाट कारबाही गरिएको छ । डा. भट्टराईले पनि काठमाडौंँमा भेला आयोजना गर्दै नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । जसका लागि उनले अपिल समेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७