एकै दिन ३५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १,९८२ पुगे


३ श्रावण २०७९, मंगलवार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३५७ जना कोभिड-१९ संक्रमित थपिएका छन् । ३,३२८ वटा नमुना परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १,९८२ पुगेको छ । आज ३६ हजार ३४८ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७