नेकपा एसले पाँच दलीय गठबन्धनलाई कायम राख्दै वाम एकताको पहल गर्ने


३ श्रावण २०७९, मंगलवार
Samajbadi sachibalaya
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले वाम एकताको पहल गर्ने निर्णय गरेको छ । पार्टीको ३२ औं सचिवालय बैठकले चार बुँदे निर्णय गर्दै वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको महासचिव बेदुराम भुसालले जानकारी दिएका छन् ।

उनका अनुसार गत असार १३ र १४ गते बसेको केन्द्रीय परिषद्को बैठकबाट पारित कार्ययोजना कार्यान्वयन गर्न संगठन सुदृढीकरण अभियान तदारुकताका साथ आगाडि बढाउने निर्णय गरेको छ । त्यस्तै समाजवादसम्बन्धी दस्तावेज तयार गर्ने र वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने निर्णय भएको उनले बताए ।

सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा मंगलबार भएको तत्कालीन नेकपाका शीर्ष पाँच नेताहरुबीच पनि पार्टीहरुसँग एकीकरणको सम्भावनाबारे छलफल भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७