एसियन गेम्सको नयाँ मिति तय


३ श्रावण २०७९, मंगलवार
asian games DtrCA0JXbz

काठमाडौं, १९औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स)को नयाँ मिति घोषणा भएको छ । चीनमा आयोजना हुने प्रतियोगिताका लागि ओलम्पिक काउन्सिल अफ एसियाले एसियन नयाँ मिति तय गरेको हो ।

अब एसियन गेम्स २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना गर्ने निर्णय भएको छ । यसअघि चीनको हाङझावमा तय एसियन गेम्स २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हुने तालिका थियो ।

तर कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो । नेपालले एसियन गेम्समा २३ खेलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ । एसियन गेम्सका लागि नेपालले पहिलो चरणको प्रशिक्षण सकिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७