युनाइटेडको तेस्रो जित


४ श्रावण २०७९, बुधबार
united n9PkAjeIfR

काठमाडौँ । प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलियामा रहेको इङलिस क्लब म्यानचेस्टर युनाईटेडले मैत्रीपूर्ण खेलमा क्रिस्टल प्यालेसलाई ३-१ अन्तरले हराएको छ ।

मेलबर्नमा मंगलबार युनाइटेडको जितमा एन्थोनी मार्सियल, मार्कोस रासफोर्ड र जाडोन सान्चोले एक-एक गोल गरे । क्रिस्टल प्यालेसका जोएल वार्डले एक गोल फर्काए ।

प्रि-सिजन टुरमा अष्ट्रेलिया रहेको युनाइटेडको यो लगातार तेस्रो जित हो । यस अघि युनाइटेड लिभरपुललाई ४-० र मेलबर्न भिक्ट्रीलाई ४-१ ले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७