इरान र टर्कीका समकक्षीसँग रुसी राष्ट्रपति पुटिनको तेहरानमा भेटवार्ता


४ श्रावण २०७९, बुधबार
putin dk5HjUy9oy

काठमाडौँ । इरान पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेहरानमा इरानी र टर्की समकक्षीसँग भेटवार्ता गरेका छन् । पुटिनले इरानी राष्ट्रपति इब्राहिम रायसी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेटवार्ता गरेको बीबीसीले जनाएको छ ।

साथै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसँग पनि भेट भएको छ । रुसी राष्ट्रपतिसँगको भेटपछि बोल्दै इरानका सर्वोच्च नेता खामेनीले तेहरान र मस्कोले आफ्नो सम्बन्धलाई मजबुत बनाउनु पर्नेमा जोड दिएका छन् । साथै यो भेटमा रुस-युक्रेनबीच भएको युद्धका लागि पश्चिमा देश दोषी रहेको टिप्पणी गरिएको छ । रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण शुरु गरेपछि पुटिनको यो दोस्रो विदेश भ्रमण हो ।

पुटिन तेहरान अवतरण भएपछि स्वागत समारोहमा सहभागी भएका थिए । इरानको राष्ट्रिय तेल कम्पनीले रुसको सरकारी ग्यास कम्पनी गाजप्रोमसँग ४० अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतामा इरानी ग्यास क्षेत्रको विकास र नयाँ ग्यास निर्यात पाइपलाइन निर्माण समावेश छ । अमेरिकाले रुसी राष्ट्रपति पुटिनको इरान भ्रमणले युक्रेनमाथि आक्रमण गरेपछि रुस कत्तिको एक्लो भएको छ भन्ने देखाएको टिप्पणी गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७