राप्रपा छाडेका चार नेतालाई आफ्नो पार्टीमा आउन कमल थापाको आग्रह


४ श्रावण २०७९, बुधबार
Kamal Thapa 4

काठमाडौँ । स्पष्टीकरण मागेपछि हिजो (मंगलबार) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका चार नेतालाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीमा आउन आग्रह गरेका छन् ।

दिनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमल्सिना र राजाराम श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गरी राप्रपा परित्याग गरिएको घोषणा गरेका हुन् । लगत्तै सामाजिक सञ्जालमार्फत राप्रपा नेपालका अध्यक्ष थापाले उनीहरूलाई आफ्नो पार्टीमा आबद्ध हुन अपिल गरेका हुन् ।

‘विगतमा राप्रपा नेपाल निर्माणमा महत्वपूर्ण योगदान दिनुभएका दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमिल्सिना र केशव श्रेष्ठलाई आफ्नो अभियानमा सफलताको कामना गर्दछु’, अध्यक्ष थापाले भनेका छन्, ‘बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने तपाईंहरूको सपना साकार पार्न राप्रपा नेपालमा आउन आग्रह समेत गर्दछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७