चन्द्रागिरि नगरपालिकाबासीले फोहोर ६ वटा झोलामा संकलन गर्नुपर्ने


४ श्रावण २०७९, बुधबार
chandragiri nagarpalika

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले फोहोरलाई ६ ठाउँमा विभाजन गरी संकलन गर्न स्थानीय नागरिकलाई अनुरोध गरेको छ ।

नगरकार्यपालिकाको मंगलबारको बैठकले फोहोरमैलालाई ६ प्रकारमा वर्गीकरण गरी ६ वटा झोलामा राख्नुपर्ने नियम बनाएको हो । फोहोर राख्ने झोला वडा कार्यालय र टोल सुधार समितिमार्फत निःशुल्क पाउन सकिने नगरपालिकाले जनाएको छ ।

‘शून्य फोहोर अवधारण साकार पार्नका लागि फोहोर वर्गीकरण गरी घरमा संकलन गर्न अनुरोध गरिन्छ’, चन्द्रागिरि नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्गीकरण अनुसारको फोहोर संकलन हुने दिनमा मात्र सो फोहोर उपलब्ध गराउन अनुरोध गरिन्छ ।’

फोहोरलाई ६ वटा ठाउँमा वर्गीकरण गर्न आज साउन ४ गते सुरु गर्नुपर्ने बताइएको छ । आगामी भदौ १ गतेदेखि यसरी फोहोर वर्गीकरण नगर्नेलाई जरिवाना हुने पनि नगरपालिकाले चेतावनी दिएको छ ।
चन्द्रागिरि नगरपालिकाले फोहोर वर्गीकरणका लागि यस्तो निणर्य गरेको छ :

chandragiri 6mMCnixnJC

कालो झोला – कुहिने फोहोर

रातो झोला – सिसा र सिसाजन्य फोहोर

हरियो झोला – प्लास्टिकजन्य फोहोर

सेतो झोला – कागजजन्य फोहोर

नीलो झोला – फलामलगायत कबाडीजन्य फोहोर

पहेँलो झोला – स्यानिटरी प्याड, डाइपर लगायत फोहोर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७