१७ घण्टापछि रोकियो जोरपाटीमा ग्याससँग निस्किएको बालुवाको लेदो


४ श्रावण २०७९, बुधबार
Jorpati Boring

काठमाडौँ । मंगलबार बिहान १० बजेदेखि जोरपाटीको लोसेटारस्थित सन्तकुमार लामाको घरबाट ग्याससँगै निस्किएको बालुवाको मुस्लो करिब १७ घण्टापछि रोकिएको छ ।

गोकर्णेश्वर नगरपालिका-५ स्थित लामाको घरबाट बोरिङ खनेर पाइप हाल्ने क्रममा एक्कासी निस्किएको ग्याससहित लेदोको मुस्लो बुधबार बिहान सवा ३ बजे रोकिएको वडाध्यक्ष नारायण सुवेदीले जानकारी दिएका छन् । उनले भने, ‘राति ३ बजेर १५ मिनेटमा बन्द भयो । अहिले अवस्था सामान्य छ ।’ लोसेटार टोलमा अहिले आगमन सहज बनाइएको उनले जानकारी दिए ।

रातिसम्म मुस्लो निस्कने क्रम नरोकिएपछि नेपाली सेनाको टोलीले त्यस क्षेत्र आसपासका ५० मिटर नियन्त्रणमा लिएर प्रवेश निषेध गरेको थियो । ग्याससहित लेदो निस्किएको ठाउँमा अहिले एक वर्ग फिटको खाल्डो बनेको वडाध्यक्ष सुवेदीले जानकारी दिए ।

त्यस ठाउँमा अहिले हिलो थुप्रिएको छ । लेदोसहितको ग्यास निस्कँदा सय मिटर वरिपरिको क्षेत्र प्रभावित भएको उनले जानकारी दिए । लेदो हटाउनका लागि नगरपालिकाले तयारी गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७