नाबालिगलाई बलात्कार गरी फरार एक जना पक्राउ

बर्दिया । एक नाबालिगलाई बलात्कार गरेर फरार बर्दियाको गुलरिया नगरपालिका-१२ बस्ने अन्दाजी ४० वर्षका श्रीराम चमार पक्राउ परेका छन् ।
चमारमाथि गत चैत १५ गते सोही स्थान बस्ने ६ वर्षकी नाबालिगलाई घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको आरोप छ ।
घटनाको सूचना पाएपछि चमारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालित गरे पनि उनी घटनास्थलबाटै फरार रहेका थिए ।
उनको खोजतलास गर्दै जाने क्रममा लुकिछिपी बसेको अवस्थामा साउन २ गते पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार चमारलाई जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।