बजेट प्रकरण : आज पूर्व अर्थमन्त्री शर्मालाई बोलाएर सोधपुछ गर्दै छानविन समिति


४ श्रावण २०७९, बुधबार
janardan

काठमाडौँ । बजेट प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आज (बुधबार) पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्ने भएको छ ।

आज बस्ने संसदीय छानबिन समितिको बैठकमा पूर्व अर्थमन्त्री शर्मालाई सोधपुछ गर्न बोलाइएको छ । शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेको छ । त्यस्तै समितिले शर्माले बजेट निर्माणमा बाहिरी मान्छे प्रवेश गराएको समाचार बाहिर ल्याउने अन्नपूर्ण पोष्ट र कान्तिपुर दैनिकका सम्पादकसँग पनि छलफल गर्ने तयारी गरेको छ ।

आज दिउँसो बस्ने बैठकमै अर्थमन्त्रीको विषयमा समाचार बाहिर ल्याउने मिडिया अन्नपूर्ण पोष्ट र कान्तिपुर दैनिक सम्पादकहरूसँग छलफल गर्ने तय भएको हो । यसअघि समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नका लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने निणर्य गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७