सरकारी अस्पतालमा भनसुन नगरी उपचार नपाउने अवस्था आयो : सांसद खरेल


४ श्रावण २०७९, बुधबार
pabitra kharel rM55l9VnN0

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसद पवित्रा निरौला खरेलले अस्पतालका भेन्टिलेटर र आइसीयु मेशिनमा माकुराले जालो लगाएको तर बिरामीले उपचार नपाएको बताइन् ।

आज (बुधबार) प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद निरौलाले सरकारले कोरोना संक्रमण बढेका बेला धेरै अस्पतालमा आइसीयू र भेन्टिलेटरको स्थापना गरे पनि दक्ष प्राविधिकको अभावमा अहिले ती उपकरणमा माकुराले जालो लगाएको बताइन् ।

उनले भनिन्, ‘जिल्ला-जिल्लाबाट भाडा तिरेर उपचार गर्न मानिसहरु काठमाडौं आउँछन् । पाटन अस्पताल, सिभिल अस्पताल, वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा आउनु परेको छ । पहुँच नभएका, भनसुन गर्न नसक्ने बिरामीले उपचार पाइरहेका छैनन् । बाध्य भएर ती बिरामीहरु महँगा अस्पतालहरुमा उपचार गर्न जान बाध्य हुनुपरेको छ । उपचारका लागि समय कुर्दा कुर्दै बिरामी मर्नुपर्ने बाध्यात्मक अवस्था समेत रहेको छ ।’

उनले दूरदराजमा रहेका बिरामीको उपचारका लागि सोही ठाउँमै आइसियू र भेन्टिलेटर स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७