पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे वामदेव गौतम, तीन चुनाव चिह्न प्रस्ताव


४ श्रावण २०७९, बुधबार
bamdev gautam2
फाइल फोटो

काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा (एकता राष्ट्रिय अभियान) दर्ताका लागि निर्वाचन आयोगमा पुगेको छ । मंगलबार दिउँसो वामदेव गौतम संयोजक हुने गरी निर्वाचन आयोगमा दल दर्ताका लागि प्रक्रिया अघि बढाइएको थियो ।

पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) हुनेछ भने यसका संयोजक वामदेव गौतम रहने गरी दर्ता प्रक्रिया अघि बढाइएको छ । निर्वाचन आयोगमा उक्त दलको निवेदनको दर्ता नम्बर ६४ रहेको पार्टी प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिएका छन् ।

आयोगमा तीन वटा चुनाव चिह्न प्रस्ताव गरिएको छ । उनले भने, ‘आयोगले कुन चिह्न दिन्छ त्यही कायम हुन्छ ।’ ७५ जना केन्द्रीय सदस्य हुने गरी गत १४ असारमा गौतमले पार्टी घोषणा गरेका थिए ।

राष्ट्रिय सभाका सांसद समेत रहेका गौतमले तत्कालिन नेकपा विभाजित भएपछि वाम एकताका लागि छुट्टै अभियान चलाउँदै आएका छन् । उनले आफ्नो पार्टीको प्रमुख उद्देश्य नै नेपालका वामपन्थी दल एकीकृत गर्ने रहेको बताएका छन् । पार्टी घोषणा लगतै उनले तत्कालीन नेकपाका बहुमत सदस्यहरुलाई भेटघाट गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७