निर्वाचनबाट एमालेको सरकार : ओली

‘अहिलेको सरकारले जनतालाई दुःख दिइरहेको छ’


४ श्रावण २०७९, बुधबार
kp oli 2 scaled

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनपछि एमालेको सरकार बनाउनु पर्ने बताएका छन् ।

आज (बुधबार) पार्टीको वागमती प्रदेश भेलामा उनले आउँदो मंसिरमा संसदीय निर्वाचन गर्नैपर्ने र ठूलो दल भएर एमालेको सरकार बनाउनुपर्ने बताए । राष्ट्रियता, लोकतन्त्र, जनजीविकाको प्रश्न, राष्ट्रिय हितलाई अघि बढाउने विषय एमालेले मात्र पूरा गर्न सक्ने उनको भनाइ छ ।

‘राष्ट्रिय हितलाई अघि बढाउन सक्दछ, त्यो भनेको एमालेको सरकार । एमालेको सरकार गठन गर्न सक्नुपर्छ आगामी निर्वाचनबाट’, उनले भने । उनले अहिलेको सरकारले जनतालाई दुःख दिइरहेको जिकिर गरे । ‘पार्टीका केहीका नाममा देश लुट्ने परिस्थितिबाट मुक्ति दिन जरुरी छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७