गठबन्धनको गीत गाउँदा स्थानीय चुनावमा सोंचे जस्तो परिणाम आएन : माधव नेपाल


४ श्रावण २०७९, बुधबार
madhav nepal31646807153
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरुले धोका दिएको बताएका छन् ।

आज (बुधबार) राजधानीमा आयोजित कार्यक्रमा बोल्दै अध्यक्ष नेपालले गठबन्धनको गीत गाएर आफ्नो तयारी पूरा गर्न नसक्दा चुनावमा पराजित हुनु परेको बताए । गठबन्धनको गीत धेरै गाउँदा आफ्नो पार्टीले हार व्यहोर्नु परेको भन्दै गठबन्धन नगरेको भए शानदार जित हुने उनको भनाइ छ ।

‘धेरै ठाउँमा जित नभएता पनि आफ्नो पार्टीको चिह्नको प्रचार हुन्थ्यो’, उनले भने, ‘पार्टीको प्रचारप्रसार हुन सकेको भए आगामी प्रदेशसभा र प्रतिनिधिसभामा अनुकूल हुन्थ्यो ।’

उनले चुनावमा गठबन्धनमा आवद्ध दलहरुले नराम्ररी धोका दिएको उनको दावी छ । आफूभन्दा समाजवादी दल ठूलो हुने डरले दलहरुले धोका दिएको उनको भनाइ छ । उनले अरुमाथि भरोसा धेरै गरेपछि आफ्नो शक्ति बढाउनेतर्फ ध्यान केन्द्रित गर्न नसकेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७