छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा तोडफोड


४ श्रावण २०७९, बुधबार
7 Shares
Hetauda Campus

हेटौंडा । मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । स्नातक तह दोस्रो बर्षको परीक्षा चलिरहेको बेला परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै आक्रोशित विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् ।

हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई छात्राले हिजो (मंगलबार) परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

छात्राले आफूहरुमाथि दुर्व्यवहार भएको भनेपछि बुधबार विद्यार्थीले तोडफोड गरेका हुन् । घटनापछि क्याम्पसले विज्ञप्ति निकालेर घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ ।

तोडफोड भएपछि आज (बुधबार) हेटौंडा क्याम्पस केन्द्रमा हुने कक्षा ११ को ग्रेडवृद्धि परीक्षा रोकिएको छ । बिहीबारदेखिका परीक्षा भने पूर्व निर्धारित तालिका अनुसार नै हुने हेटौंडा क्याम्पसका सहायक क्याम्पस प्रमुख शिवराज पराजुलीले जानकारी दिएका छन् ।

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७