प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भएको छैन, अनुकूल समयमा हुन्छ : परराष्ट्र मन्त्रालय


४ श्रावण २०७९, बुधबार
pararastra

काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण उपयुक्त समयमा हुने स्पष्ट पारेको छ ।
प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको खबर सार्वजनिक भइरहेका बेला परराष्ट्र मन्त्रालयले उपयुक्त समयमा भ्रमण हुने स्पष्ट पारेको हो ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको भ्रमणको एउटा लेभलमा वर्कआउट भएको जानकारी दिएकी छन्् । उनले भनिन् , ‘अमेरिका र नेपाल दुबैतर्फ अनुकूल हुने गरी प्रधानमन्त्री ज्यूको भ्रमण हुन्छ, व्यस्त भएर हो कि ढिलाई भएको । भ्रमण रद्द भएको भन्ने विषयमा सत्यता छैन ।’

प्रभावकारी तयारी गरेर मात्र स्टेट पाटर्नसीप प्रोग्राम (एसपीपी) रद्द भएको जवाफ अमेरिकालाई पठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक साताअघि मात्र एक कार्यक्रममा अब प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको सम्भावना नरहेको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७