ओलीको कटाक्ष : रुखका पात जम्मा गरी अलिअलि डोकामा हालेर उफ्रिने ?


४ श्रावण २०७९, बुधबार
Kp oli 2 scaled

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निकायको निर्वाचनमा अरुको सहारामा १०/१५ सिट ल्याएकाले आफ्नो पार्टीको गलत प्रचार गरिरहेको आरोप लगाएका छन् ।

आज (बुधबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले भने, ‘अस्तीको चुनाव राम्रो भएन । तर, हाम्रा विरोधीहरुले भने जस्तो पनि होइन । १०-१५ वटा सीट ल्याएको छ, त्यो पनि अरुको सहारामा । अर्काको रुखका पात जम्मा गरेर अलिअलि डोकामा हालेको छ, अनि एमालेको त वनै समाप्त गर्‍यौं भन्दै उफ्रेका छन् । न आफ्नो विरुवा छ न त केही छ ।’

amale bagmati

निर्वाचनमा आफ्नै कन्तविजोक भएकाहरुले एमाले हारेको भन्दै प्रचार गरिरहेको आरोप लगाए । हारेको भनेको एमाले पनि दोस्रो पार्टीका रुपमा स्थापित भएको ओलीले बताए ।

उनले थपे, ‘एमालेले हार्‍यो भन्दा पनि २०६ सीट एक्लै जितेर दोस्रो पार्टी भएको हो । अरु सप्पै झुण्डिएर कसैले हात समातेको छ, कसैले पिडौंला अँठ्याएको छ, कोही तिघ्रासम्म उफ्रीउफ्री झम्टिएको छ । तर पनि सबैभन्दा ठूलो पार्टी कांग्रेसभन्दा १ लाख बढी भोट त एमालेले ल्याएको हो नि ! अहिले एैंचोपैंचो, सरसापटी सबै गरेर ३ प्रतिशत पुर्‍याउनेले ३४ प्रतिशत मत ल्याएको एमालेलाई हार्‍यो अरे । यो हल्लाका पछि लाग्नु पर्दैन ।’ पार्टीले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न नसकेकाले आफूहरुको सिट कम आएको ओलीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७