अब इन्जिनियर बन्न लाइसेन्स अनिवार्य


४ श्रावण २०७९, बुधबार
samsad 2

काठमाडौँ । संघीय संसदबाट नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।
पारित विधेयकमा मुख्यतः इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ ।

विधेयक अनुसार चिकित्सक, नर्स, वकिल। शिक्षक जस्तै इन्जिनियरहरुले लाइसेन्स परीक्षा उतीर्ण गरेपछि मात्रै नेपाल इन्जिनियरिङ परिषदबाट लाइसेन्स पाउने छन् । लाइसेन्स पाएपछि मात्र इन्जिनियरले पेशा गर्न पाउने छन् ।

२९ जेठ २०७६ मा दर्ता भएको यो विधेयक राष्ट्रिय सभाबाट १४ पुस २०७६ मा पारित भएर फेरि प्रतिनिधिसभामा आएको थियो। राष्ट्रिय सभाबाट आएको ३० महिनापछि प्रतिनिधिसभाले पनि पारित गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७