१६ मुलुकबाट आयो राजदूतको ‘एग्रिमो’, चार वटामा बाँकी


४ श्रावण २०७९, बुधबार
Sewa Lamsal 1 scaled

काठमाडौँ । सरकारद्वारा २० देशका लागि प्रस्तावित राजदूतहरुमध्येबाट १६ वटाका लागि एग्रिमो आइसकेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले बुधबार नियमित पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । परराष्ट्र प्रवक्ता सेवा लम्सालले प्रस्तावित २० मध्ये १६ राजदूतको एग्रिमो आइसकेको बताएकी छन् ।

‘१६ मुलुकबाट एग्रिमो प्राप्त भइसकेको छ । जसमध्ये १३ वटामा नियुक्ति नै भइसक्यो’, उनले भनिन्, ‘तीन मुलुकमा नियुक्तिको प्रक्रिया अघि बढिसेको छ । चार जना राजदूत कार्यभार सम्हाल्न हिंडिसके ।’

लम्सालका अनुसार अब चारवटा मुलुकबाट सहमति प्राप्त हुन बाँकी रहेको छ । सरकारले गत चैत २४ गते २० मुलुकका लागि राजदूत प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७