नेप्से परिसूचकमा झिनो अंकको वृद्धि


४ श्रावण २०७९, बुधबार
share

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८९ अङ्कले उकालो लागेर दुई हजार ५०.५९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ अङ्कले उकालो लागेर ३९२.५० मा पुगेको छ ।

कूल २१७ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर रु एक अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैँकिङ ०.६२, व्यापार १२.१७, होटल तथा पर्यटन ९.७५, जलविद्युत् १२.६२ र जीवन बीमा २८.२२ अङ्कले ओरालो लागेको छ ।

त्यस्तै, विकास बैंक ५.३५, वित्त ३१.३६, निर्जीबन बीमा ५६.१९, उत्पादन ६३.४२, अन्य १७.२३, लघुवित्त ७.९९, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.४८ अङ्कले उकालो लाग्यो । आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब २८ अर्ब ३४ करोड ३६ लाख ५१ हजार ८८३ बराबर भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १६ करोड ४२ लाख ५९ हजार ९१७ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु सात करोड ३१ लाख ३६ हजार, आइसिएफसी फाइनान्स रु पाँच करोड ३१ लाख दुई हजार ८२७, गुर्खाज फाइनान्स रु पाँच करोड २२ लाख २९ हजार ७७१ र नेपाल पुनरबीमा कम्पनी रु पाँच करोड दुई लाख २० हजार ९३९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार मल्टिप्रपोज फाइनान्स ५.६९, कणर्ाली डेभलपमेन्ट बैंक ४.३५, शिवम् सिमेन्ट ३.८७, नेपाल इन्स्योरेन्स कम्पनी ३.७८ र गुर्खाज फाइनान्सका लगानीकर्ताले ३.४७ प्रतिशतले कमाएका छन् ।

यस्तै, लक्ष्मी इक्विटी फण्ड ६.३३, इमर्जिङ नेपाल ४.३१, साङ्ग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र ३.९४, बैंक अफ काठमाडौँको ऋणपत्र ३.७७ र सिभिल बैंकको ऋणपत्रका लगानीकर्ताले ३.५२ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७