दुई किलोे ‘युरेनियम’ सहित १५ जना पक्राउ


४ श्रावण २०७९, बुधबार
pakrau
फाइल फोटो

मोरङ । मोरङ प्रहरीले दुई किलो युरेनियमको धुलोसहित १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगरको छुट्टाछुट्टै स्थानबाट दुई समूहलाई पक्राउ गरेको हो ।

विक्रीका लागि आएकाहरुलाई विराटनगरको दुई स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिएका छन् । पक्राउ परेकाहरु भरिया रहेको प्रहरीले जानकारी दिएको छ ।

उनका अनुसार साउन १ गत एक किलो ८७.३ ग्रामसहित विराटनगर- ९ ट्राफिक चानेकबाट ८ जना पक्राउ परेका थिए । साउन ३ गते विराटनगर महानगरपालिका- ३ को दूधफारम नजिकैबाट ९७८.६ ग्रामसहित सात जना पक्राउ परेका हुन् ।

साउन १ गते प्रहरीले मोरङ धनपालथान गाउँपालिका- ७ का ४१ वर्षीय शिवशंकर पासवान, ४३ वर्षीय प्रदीप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, सोही पालिका वडा नम्बर ४ का ३७ वर्षीय मुकेशकुमार साह, कटहरी गाउँपालिका-२ का ४० वर्षीय दिलिपकुमार शर्मा, विराटनगर महानगरपालिका- १२ का ४६ वर्षीय फटिककुमार कार्की, सोलुखुम्बुका ३५ वर्षीय गोपाल मगर, खोटाङका ३२ वर्षीय किरन राई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७