स्रोत नखुलेको ४१ लाख ५५ हजारसहित पर्सामा एक भारतीय पक्राउ


२०७९ श्रावण ४ बुधबार ०७:३४ बजे

पर्सा । स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा बुधबार प्रदेश प्रहरी कार्यालय जनकपुर र पर्सा प्रहरीबाट खटिएको टोलीले सीमावर्ती विहारको रक्सौलबाट वीरगञ्जतर्फ आइरहेको बी आर ०५ एन ०२३८ नम्बरको भारतीय मोटरसाइकललाई वीरगञ्ज-१६ रजतजयन्ती चोकमा जाँच गर्दा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको सिटमुनी र ट्याङ्गीमा लुकाइराखेको अवस्थामा स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैयाँ बरामद भएको पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । मोटरसाइकलमा सवार भारत विहार पूर्वी चम्पारण रक्सौल निवासी २५ वर्षीय राकेश कुमारलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाएको एसपी बस्नेतले जनाए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७