अर्वपति विनोद चौधरी विवादमा, विमा दावीमा २४ करोडको कीर्ते


१८ चैत्र २०७४, आईतवार
Binod Chaudhari

काठमाडौं, १८ चैत : नेपालका प्रतिष्ठित उद्योगी विनोद चौधरीलाई विमा दावीमा २४ करोड कीर्ते गरेको आरोप लागेको छ । काठमाठौंको सतुङ्गलस्थित सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा कीर्ते गरेको प्रमाणित भएको छ । गत हप्ता उच्च अदालत पाटनले सिजीले विमा दाबीमा कीर्ते गरेको भन्दै सिजी इलेक्ट्रोनिक्सलाई भरपाई गराएको २४ करोड रुपैयाँ असुल्न विमा समितिलाई निर्देशन दिएको छ ।

Binod Chaudhari
नेपालका प्रतिष्ठित उद्योगी विनोद चौधरी

२०६९ असोजमा सतुङ्गल गोदाममा आगो लागेपछि सर्भेयर र अण्डराइटरले अग्नि विमा अन्तर्गत ५८ करोड क्षति भएको प्रमाणित गरेका थिए । सोही अनुसार युनाइटेड इन्सुरेन्सले विभिन्न समयमा ३४ करोड दाबी भुक्तानी गरेको र २४ करोड रुपैयाँ बैंक ग्यारेन्टी गरेको थियो । अदालतले बीमा समितिको निर्णयलाई नै सदर गरिदिएपछि सिजिले कीर्ते गरेको प्रमाणित भएको हो ।

शेयर होल्डरको लगानीमा संस्थापकले रजाई गरेको भन्ने उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियामक विमा समितिलाई छानबिन गर्न आदेश दियो । अख्तियारको आदेश पालना गर्दै तीन सदस्यीय छानबीन टोली समेत गठन गरेर बीमा समितिले छानबिन ग¥यो । समितिको छानबिनबाट पनि ३४ करोडको मात्र क्षति भएको देखिएको विमा समितिका नियमन विभाग प्रमुख शाम्भराज लामिछानेले बताएका छन् ।

तर, यहाँ रोचक पक्ष के छ भने आफै बीमा दाबी गर्ने र आफै बीमा भुक्तानी गर्ने अर्थात बीमा दाबी गर्ने सिजि इम्पेक्स, इओए र सिजि इलेक्ट्रोनिक्स विनोद चौधरीले नेत्ृात्व गरेको चौधरी समूहको पूर्ण स्वामित्वको कम्पनी हो भने दाबी भुक्तानी दिने युनाइटेड इन्सुरेन्स चौधरीको झण्डै २७ प्रतिशत शेयर स्वामित्व भएको कम्पनी हो । एकै घरानाका दुई कम्पनीबीच बीमा दाबी र भुक्तानी गर्दा उसले नेपाली सर्भेयर नै खटाएर गलत सर्वेक्षण गरेको भन्दै सर्वेक्षक र अण्डर राइटरलाई ३–३ हजार जरिवाना समेत गरेको लामिछानेले बताए ।

बीमा समितमै युनाइटेडको विरुद्धमा सिजीले उजुरी समेत हालेको थियो । सिजिले बढी दाबी लिएको प्रमाणित भएपछि अब २४ करोड रुपैयाँ युनाइटेड इनसुरेन्सलाई फिर्ता गर्नु पर्नेछ र अहिलेको बिमकको संस्थागत सुसासन सम्बन्धि निर्देशका २०७३ ले वित्तिय स्वार्थ गाँसिने ठाउँमा लगानी गर्न रोक लगाएको छ । यस आधारमा अब सिजिले युनाइटेडमा बीमा गर्न पाउँदैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७