स्याङ्जामा पोखरीमा डुबेर बाबु-छोरीको मृत्यु


५ श्रावण २०७९, बिहीबार
dubera
सांकेतिक तस्वीर

स्याङजा । स्याङ्जाको गल्याङ-६ पेलाकोटमा पोखरीमा डुबेर बाबु-छोरीको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ-६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए । तत्काल उद्धार गरी वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा पुर्‍याइएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७