सिन्धुपाल्चोकमा बाढीले सडक बगायो, यातायात बन्द


५ श्रावण २०७९, बिहीबार
melamchi 20220721083046

सिन्धुपाल्चोक । लगातारको बर्षापछिको बाढी र पहिरोले सिन्धुपाल्चोकको ठाउँ-ठाउँमा सडक भत्काउँदा राजधानी काठमाडौं आउने यातायात बन्द भएको छ ।

हेलम्बु-काठमाडौं सडकअन्तर्गत ग्याल्थुममा पहिरो खसेको छ भने बाढी पसेर सडक भत्काएको स्थानीयले जानकारी दिएका छन् । जसका कारण काठमाडौंबाट सिन्धुपाल्चोक जाने तथा सिन्धुपाल्चोकबाट काठमाडौं आउने सवारीसाधन तथा यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

हिजो बेलुकादेखि मेलम्चीमा नदीमा बाढी बढेको र ग्याल्थुममा पहिरो गएको स्थानीयले जानकारी दिएका छन् । चौतारा र काठमाडौं जाने गाडी र यात्रु बीच बाटोमै रोकिएका छन्, सडकमा बाढी पसेको छ, सडक भत्काएको छ । सिमखेत भन्ने स्थानमा सडक नै बगाएको स्थानीयले जानकारी दिएका छन् । यस्तै बर्षाका कारण र चनौटे बजारमा पनि बाढी पसेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७