अत्यधिक गर्मीपछि बेलायतमा बन्द गरियो रेल सेवा


५ श्रावण २०७९, बिहीबार
UK Rail MJZnsJ7gko

काठमाडौँ । तातो हावाका कारण देशभर अत्यधिक गर्मी बढेपछि बुधबार तेस्रो दिन पनि रेलसेवा अवरुद्ध भएको छ ।
सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका अग्नि नियन्त्रक मात्र होइन, सर्वसाधारणले पनि राहत अनुभूत गरे जब आकाशमा बादल लाग्यो र केहीबेरको वर्षाले शीतल गरायो ।

जङ्गलमा आगालागीका सम्भावित घटनालाई दृष्टिगत गरी तैनाथ रहेका अग्नि नियन्त्रकले राहत महसुस गरे पनि लण्डन-एडिनबरा रेलमार्गका सूचना सङ्केतलगायत संरचना गर्मीका कारण बिग्रिँदा रेलका कर्मचारी भने तिनको मर्मतसम्भारमा व्यस्त रहनुपरेको छ ।

मङ्गलबार भने उनीहरू दोस्रो विश्वयुद्धपछि पहिलोपटक विभिन्न ठाउँमा लागेको आगो निभाउन अति व्यस्त भएका थिए । आगोले लण्डनका ४१ वटा सम्पदा ध्वस्त पारेका मेयर सादिक खानले बताएका छन् । वायुमण्डलमा धुँवाको बादल फाटेको छैन ।

बेलायतमा मात्र नभइ युरापेली देश फ्रान्स, पोर्चगल, स्पेन र ग्रीसमा पनि प्रचण्ड गर्मी भइरहेको छ । बेलायतसहित ती देशको मङ्गलबारको तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७