विप्लवसहितको ‘वाम गठबन्धन’ ले आज संघर्षको कार्यक्रम घोषणा गर्ने


५ श्रावण २०७९, बिहीबार
biplaw comred

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितका साना दलहरूको ‘वाम गठबन्धन’ ले आज (बिहीबार) संघर्षको कार्यक्रम घोषणा गर्ने भएका छन् ।

बिहीबार अपरान्ह बस्ने बैठकले आगामी संघर्षका कार्यक्रम र कार्यगत एकतालाई अरु व्यापक बनाउने निर्णय विज्ञप्तिमा जनाइएको छ । यसअघि बुधबार बसेको बैठकले साना वामपन्थी दलहरुले कार्यगत एकतालाई थप व्यापक बनाउने गरेको थियो ।

गठबन्धन गर्ने वामपन्थी दलहरुमा विप्लव नेतृत्वको नेकपा माओवादी, मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल, कणर्जित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७